१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितका आफन्त नाता पर्ने ३४ वर्षीय पुरुषलाई प्रहरीले ०७९ साउन २५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई घरमा सुतको अवस्थामा ०७८ कात्तिक ८ गते आरोपितले बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
पीडितले ०७९ साउन १० गते बच्चा जन्माएपछि बलात्कारको घटना सार्वजनिक भएको थियो ।
पीडितका आफन्तले आरोपितविरुद्ध ०७९ साउन १३ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका इन्स्पेक्टर हरिबोल के.सी.ले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण ०७९ साउन १३ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरिएको थियो ।