INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका–१ का २० वर्षीय सुदिप नेपालीलाई साउन २२ गते गिरफ्तार गरेको छ ।

बालिकालाई विवाहको प्रलोभनमा पारेर साउन ५ गतेदेखि साउन २१ गतेसम्म धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित आफन्तको घरमा लुकाएर राखेको अवस्थामा फेला परेपछि आरोपित विरुद्ध साउन २१ गते नै जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको पीडितका बुबाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर प्रेम खड्काले इन्सेक प्रतिनिधीसँगको भेटमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २२ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।

अन्य

भिडियो