INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सर्केगाड गाउँपालिका–७ का २२ वर्षीय लोकबहादुर बिकलाई साउन १८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले साउन १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १६ गते नै जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई खार्पुनाथ गाउँपालिका–५ स्थित रातामुलबाट गिरफ्तार गरी अनुसन्धान थालिएको मुद्दाका हवल्दार यमबहादुर वलीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १८ गते जिल्ला अस्पताल हुम्लामा गरिएको डाक्टर कैलाश लामाले बताउनु भयो ।

अन्य

भिडियो