INSEC Online

📅 २०८३ जेष्ठ २१

चुनाव विरोधी गतिविधि गरेको आरोपमा तीन जना गिरफ्तार

चुनाव विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले वैशाख २२ गते नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

गिरफ्तार पर्नेहरूमा युवराज बास्तोला, प्रजबबहादुर केसी र मानबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यलय बगरका इन्स्पेक्टर इश्वर लम्सालले आरोपितहरूलाई माछापुच्छ्रे गाउँपालिका-२ सर्दीखोलाबाट गिरफ्तार गरिएको हो ।

आरोपितहरू चुनाव विरोधी पर्चा टाँस्ने र भित्ते लेखन गर्ने क्रममा गिरफ्तार गरिएको इन्सपेक्टर लम्सालले जानकारी दिए । आरोपितहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ।

अन्य

भिडियो