INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा माओवादी केन्द्रको चुनावी सभामा रोक

माओवादी केन्द्रले जिल्लाको सान्नी त्रीवेणी गाउँपालिकाको मुम्रा गाउँमा सञ्चालन गरेको चुनावी अभियानलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले वैशाख २१ गते रोक लगाएका छन् ।

माओवादी केन्द्रका सोही गाउँपालिकाका अध्यक्षका उम्मेदवार दिलिप शाहीको नेतृत्वमा चुनावी घरदैलो अभियानमा आएको टोलीलाई नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य निर्माणको नेतृत्वमा ३०/४० जनाको समूहमा आएका व्यक्तिले रोक लगाएको माओवादी केन्द्रका केन्द्रीय सदस्य महेश केसीले आरोप लगाए ।

शान्तिपूर्ण चुनावी आभियानलाई कालो झण्डा देखाउनुका साथै गाउँमा जान रोक लगाइएको माओवादी केन्द्रका केन्द्रीय सदस्य केसीले बताए ।

जनतालाई धोका दिएकाले स्थानीय जनताले गाउँमा पस्न रोक लगाइएको विप्लवद्वारा गठित जिल्ला जनसरकार कालिकोटका प्रमुख मनिलाल एडीले प्रतिक्रिया दिए । जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी योगेन्द्र खड्काले कार्यक्रममा रोक लगाएको घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा कुनै जानकारी नआएको बताए ।

अन्य

भिडियो