पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रैनादेवी गाउँपालिका– ६ का ६२ वर्षीय सोमानसिंह बलाललाई साउन १२ गते घरबाटै गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले साउन १२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी वीरेन्द्र थापाले बताउनु भयो ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताउनु भयो ।
खेली रहेकी बालिकालाई आरोपितले घरमा आएर यौन दुर्व्यवहार गरेको पीडितकी आमाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १२ गते पाल्पा अस्पतालमा गरिएको छ ।