INSEC Online

📅 २०८३ जेष्ठ २१

बञ्चरो प्रहार गरी पत्नीको हत्या, घटनाका आरोपितको खोजी कार्य जारी

पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोलकी ४५ वर्षीया मान्म कामीलाई ४७ वर्षीय पति पैलु कामीले साउन ११ गते राति बञ्चरो प्रहरका गरी हत्या गरेका छन् ।

साउन ११ गते राति छोरी र छोरालाई कुटपिट गरेपछि छोराछोरी छिमेकीको घरमा बास बसेको अवस्थामा राति नै पत्नीमाथि बञ्चरो प्रहार गरी हत्या गरेर पैलु फरार रहेका पञ्चदेवल विनायक नगरपाकिला–७ का वडाध्यक्ष सुरतबहादुर रावलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो  ।

उहाँले भन्नु भयो– मनाको शव घरकै कोठामा विभत्स अवस्थामा रहेको भेटियो ।  १० / ११ बजेतिर घटना भएको अनुमान गरेका छौँ । तर, हामीले घटनाका बारेमा बिहान मात्रै थाँहा पायौँ । त्यसपछि प्रहरीलाई जानकारी गराएका हौँ ।

पत्नीको हत्या गरेर फरार रहेका पैलुको खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको र छिमेकी जिल्लासँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण डाँगीले बताउनु भयो ।

घटनास्थलको अध्ययन तथा अनुसन्धान गर्दा शव नजिकै बञ्चरो भेटिएको र फरार रहेका पैलुले बञ्चरो प्रहार गरी पत्नीको हत्या गरेको हुन सक्ने बताउनु भयो ।

घटना भएकोस्थल सदरमुकामबाट निकै टाँढा रहेको र वर्षाका कारण बाटो अवरुद्ध भएका कारण शवको पोष्टमार्टमका लागि साउन १३  गते बिहान मात्रै जिल्ला अस्पताल, अछाममा ल्याइएको डिएसपी डाँगीले बताउनु भयो ।

अन्य

भिडियो