२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले महाकुलुङ गाउँपालिका–१ का ४० वर्षीय सन्देश राईविरूद्ध साउन ११ गते गिरफ्तार गरेको छ ।
आरोपितले साउन ७ गते बलात्कार प्रयास गरेको आरोपमा आरोपितविरूद्ध साउन ११ गते प्रहरीमा उजुरी दिएको पीडितले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।
माप्य दूधकोशी गाउँपालिका–६ मा बास बस्ने क्रममा आरोपितले साउन ७ गते बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकिशोर शाहले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ११ गते गरिएको छ ।