६ वर्षीया बालिकालाई साउन ११ गते बलात्कार गरेको आरोपमा प्रहरीले लालझाँडी गाउँपालिका–६ धक्काका १५ वर्षीय बालकलाई साउन १२ गते गिरफ्तार गरेको छ ।
घरमा कोही नभएको समयमा बालिकालाई ललाइ फकाई घरमा लगेर बलात्कार गरेको कारण आरोपित विरुद्ध साउन १२ गते ईलाका प्रहरी कार्यालय, बेलौरीमा उजुरी दिएको पीडितकी आमाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय, बेलौरीका इन्स्पेक्टर दानसिंह भण्डारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन १२ गते महाकाली प्रादेशिक अस्पतालमा गरिएको छ ।
यसैगरी पाँच वर्षीया बालिकालाई साउन १० गते बलात्कार गरेको आरोपमा प्रहरीले लालझाँडी गाउँपालिका–२ कसुवाका ५५ वर्षीय रामदत्त रानालाई साउन ११ गते गिरफ्तार गरेको छ ।
आरोपित विरुद्ध पीडित पक्षले साउन ११ गते ईलाका प्रहरी कार्यालय, बेलौरीमा उजुरी दिएका थिए ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय, बेलौरीका इन्स्पेक्टर दानसिंह भण्डारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ११ गते महाकाली प्रादेशिक अस्पतालमा गरिएको छ ।