११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको मधुवनी जिल्ला लदनीया थाना पिपराही गाउँ घर भई सप्तरी जिल्ला कञ्चनरुप नपा–६ घोघनपुरस्थित मदरसामा अध्यापनरत शिक्षक २७ वर्षीय मोहम्मद इमरानलाई साउन ७ गते गिरफ्तार गरेको छ ।
पढन गएकी बालिकालाई विद्यालय छुट्टी पश्चात अन्य विद्यार्थीहरू घर फर्किएपछि मदरसाको भवनको मौलवी बस्ने कोठाभित्र लगेर आरोपितले साउन ५ गते बलात्कार गरेको पीडितले बताइन् । पीडितकी आमाले साउन ५ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएकी छिन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साउन ५ गते गरिएको छ ।
आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरूपले साउन ६ गते उजुरी दर्ता गरेको प्रहरीले जनाएको छ ।