INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–१३ नयाँगाउँका १९ वर्षीय रेशम परियारलाई साउन ६ गते  गिरफ्तार गरेको छ ।

पीडितले आरोपितलाई  साउन ५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन ६ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताउनु भयो ।

बहीनी घरमा पढिरहेको समयमा आएर यौन दुर्व्यवहार गरेकोले  न्यायकालगि प्रहरी उजुरी दिएको  पीडितकी दिदीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परिक्षण असार ६ गते नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो