INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाली काङ्ग्रेसका उम्मेदवार अपहरण मुक्त

बेनी नपा-३ का नेपाली काङ्ग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार जसबहादुर पुनलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले वैशाख १८ गते अपहरण गरेकोमा सोही दिन अपहरणमुक्त गरेका छन् ।

पीडित पुन वैशाख १८ गते बिहान ११ बजे पार्टीको बैठकमा आउँदै गर्दा बेनी नपा-३ हल्लेगौँडाबाट अपहरणमा परेका थिए । सार्वजनिक यातायातमा सदरमुकाम बेनीतर्फआउँदै गरेका पुन चढेको गाडी हल्लेगौँडामा बिग्रिएपछि पैदल बेनीतर्फआउँदै गर्दा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको पीडितको भनाइ छ ।

अपहरणमा परेका पुनलाई नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले वैशाख १८ गते राति ११ बजे मङ्गला गाउँपालिका-३ बरञ्जाबाट अपहरण मुक्त गरेको प्रमख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।

पुन अपहरणमा परेपछि अज्ञात समूहले अपहरण गरेको भन्दै खोजी कार्यका लागि नेपाली काङ्ग्रेसका सभापति खमबिर गर्बुजाले खोजीको निम्ति अनुरोध गर्दै वैशाख १८ गते नै जिल्ला प्रशासन कार्यलय म्याग्दीमा निवेदन दिएका दिए ।

नेपाल कम्युनिष्ट पार्टीका नेता गमबहादुर श्रीषले घटनाको जिम्मा लिएपछि पुनलाई अपहरण मुक्त गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसुन्धरा खड्काले जानकारी दिइन् । अपहरण मुक्त भएपछि उनको परिवार तथा प्रस्तावित उम्मेदवार पुनलाई कुनै किसिमको सुरक्षा धम्की नआएको डिएसपी खड्काले बताइन् ।

अन्य

भिडियो