INSEC Online

📅 २०८३ जेष्ठ २१

रोम विधान अनुमोदन गर्न माग गर्दै ज्ञापनपत्र पेश

अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाको अवसरमा रोम विधान अनुमोदन गर्न माग गर्दै इन्सेक सिन्धुपाल्चोक प्रतिनिधि नातिबावु धितालले ०७९ साउन २ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पेश गर्नु भएको छ ।

ज्ञापनपत्र बुझ्दै जिल्ला प्रशासन कार्यालयका साहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले प्राप्त ज्ञापनपत्र तत्कालै प्रधानमन्त्रीको कार्यालय पठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रोम बिधान पारित भरिएको दिन १७ जुलाईको स्मरणमा संसारभरी मनाइने अन्तर्राष्ट्रिय न्याय दिवसले दण्डहीनताको अन्त्य गरी पीडितको न्याय सुनिश्चित गर्नका लागि सरकारले रोम विधान अनुमोदन गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

293544058_718436969234530_2117888404584489745_n (1)

यसैगरी इन्सेक चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीले रोम विधान अनुमोदनको माग गर्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङमार्फत साउन २ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनु भएको छ ।

अन्तराष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाइको सम्झनामा विश्वभर मनाइने न्याय दिवसको अवसरमा दण्डहिनताको अन्त्य गरी पीडितहरूको न्याय सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको हो ।

युद्ध अपराध, आम नरसंहार र मानवता विरुद्धको अपराध जस्ता गम्भीर अपराधमा संलग्न हुने व्यक्तिहरूलाई जवाफदेही बनाउनुका साथै पीडितको न्याय सुनिश्चितताको लागि अन्तराष्ट्रिय फौजदारी अदालत महत्वपूर्ण मानिन्छ ।
received_415957217150287

अन्य

भिडियो