INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको समन्वयमा अति जोखिममा रहेका बालबालिकालाई आर्थिक सहयोग

इन्सेक कालिकोटको समन्वयमा कालिकोट जिल्लाका आमाबाबु दुवै गुमाई अति जोखिममा रहेका २० जना बालबालिकालाई सामाजिक विकास कार्यालयले आर्थिक सहयोग प्रदान गरेको छ ।

जिल्लाका नौवटा स्थानीय तहसँग समन्वय गरी आमाबाबु दुबै गुमाएका प्रत्येक पालिकाबाट दुई–दुई जना बालबालिका छनोट गरी सिफारिस गर्ने जिम्मा सामाजिक विकास कार्यालयले इन्सेक कालिकोटलाई दिएको थियो ।

सामाजिक विकास कार्यालयले असार ३० गतेबाट आवश्यक कागजात ल्याई आएका प्रत्येक बालबालिकालाई ८ हजार ५ सय रुपियाँका दरले आर्थिक सहयोग वितरण गरेको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत सामाजिक विकास कार्यालय कालिकोटले इन्सेकलाई समन्वय गर्ने र जिल्ला प्रसाशन कार्यालय, नेपाल पत्रकार महासंघलाई सहजीकरण गर्न जिम्मा दिएको हुनाले बास्तविक पीडित बालबालिकाले राहत पाउने विश्वास सामाजिक विकास कार्यालय प्रमुख शिवशंकर चौलागाईँले व्यक्त गर्नु भयो ।

दुवै आमाबावु गुमाएका खाँडाचक्र नपा–८ का ११ वर्षीय मनिस विकले इन्सेकको पहलमा आफूले राहत रकम पाएकोमा खुसी व्यक्त गर्दै सहयोगी निकाय र इन्सेकलाई धन्यवाद प्रकट गर्नु भयो ।
Photokalikot20220715

अन्य

भिडियो