१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असार २५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाइ आरोपितले असार २२ गते बलात्कार गरेको पीडित बालिकाका मामाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
आरोपितविरूद्ध पीडित पक्षले असार २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष राईले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २२ गते गरिएको छ ।