INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारपछि आत्महत्या दुरुत्साहन घटनाका आरोपित गिरफ्तार

मिर्चैया नपा–१ की १४ वर्षीया सावित्रीकुमारी सदालाई बलात्कारपछि पीडितले आत्महत्या गरेको घटनाका आरोपित मिर्चैया नपा–२ का २४ वर्षीय सतिससकुमार साफीलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले असार २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकामलाई आरोपितले असार २० गते बलात्कार गरेको स्थानीयले थाहा पाएपछि आरोपित भागेको र असार २१ गते पीडित बालिकाले घरमै सलले पासो लगाई आत्महत्या गरेको मृतककी आमा सुनैनादेवी सदाले बताउनु भयो ।

पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा असार २१ गते बलात्कार र आत्महत्या दुरूत्साहनमा उजुरी दिएको छ ।

शवको पोष्टमार्टम विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा असार २२ गते गरिएको थियो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिबहादुर वलीले घटनामा संलग्नमध्ये एक जना आरोपितलाई गिरफ्तार गरी अनुसन्धानको लागि म्याद थप गरिएको र अर्का एक जना आरोपित ‘फरार’ रहेकोले खोजतलास भइरहेको बताउनु भयो ।

अन्य

भिडियो