INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित जाजरकोट जिल्ला भेरी नपा–१२ का २२ वर्षीय रमेश भण्डारी र सोही ठाउँका २० वर्षीय डिल्ली बस्नेतलाई प्रहरीले असार २३ गते घरबाट गिरफ्तार गरेको छ ।

पीडित घरमा सुतिरहेको अवस्थामा असार २२ गते राति ११ बजेको समयमा आरोपित दुबैजनाले बलात्कार गरि भागेको पीडितले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

आफ्नो घर नजिक रहेको ठुलीआमाको घरमा सुत्न गएकी थिएँ, उहाँले भन्नुभयो घरमै सुतेको स्थानमा पुगेर ति दुई जना युवाले जबरजस्ती करणी गरेर भागे । घटना भए लगतै परिवारले प्रहरीलाई खबर गरेका थिए ।

घटनामा संलग्न पक्षलाई कारवाहीको मागगर्दै पीडित पक्षले असार २३ गते जिल्ला प्रहरी कार्यालय, सल्यानमा लिखित निवेदन दिएको जिल्ला प्रहरी कार्यालय, सल्यानका सूचना अधिकारी इन्स्पेक्टर सन्तोस खनालले जानकारी दिनु भएको छ ।

निवेदन दर्ता गर्न सदरमुकाम पुगेका पीडितलाई इन्सेकको पहलमा जिल्लास्थित सुरक्षित आवास गृहमा राख्ने व्यवस्था मिलाइएको छ ।

पीडितको स्वास्थ्य परीक्षण असार २३ गते जिल्ला अस्पताल सल्यानमा भयो । हाल जबरजस्ती करणीको उजुरीका आधारमा घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जनाएको छ ।

अन्य

भिडियो