INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कारपछि आत्महत्या, आत्महत्या दुरूत्साहनमा उजुरी दर्ता

मिर्चैया नपा–१ की १४ वर्षीया बालिका सावित्रीकुमारी सदाले बलात्कारपछि आत्महत्या गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा आत्महत्या दुरुत्साहन गरेको आरोपमा दिएको उजुरी मिर्चैया नपा–२ का २४ वर्षीय सतिशकुमार साफी र १९ वर्षीय विमलेश महराविरुद्ध असार २२ गते उजुरी दर्ता गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार २० गते राति बलात्कार गरेको र स्थानीयहरूले थाहा पाएपछि आरोपितहरू भागेको र बिहान असार २१ गते बालिकाले घरमै सलले पासो लगाई आत्महत्या गरेको मृतककी आमा सुनैनादेवी सदाले बताउनु भयो ।

सोही कारण बालिकाले आत्महत्या गरेको भन्दै इलाका प्रहरी कार्यालय मिर्चैयामा असार २१ गते बलात्कार र आत्महत्या दुरूत्साहनमा उजुरी दिएको पीडित बालिकाको आमाले घटनाको स्थलगत अध्ययनमा गएका इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियारलाई बताउनु भयो ।

शवको पोष्टमार्टम धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार २२ गते गरिएको छ । आरोपितद्वय ‘फरार’ रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिबहादुर वलीले बताउनु भयो ।

अन्य

भिडियो