INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले बराहक्षेत्र नगरपालिका–१ का १९ वर्षीय जयकुमार राईविरूद्ध असार २१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीमा उजुरी दिएको छ ।

पीडित बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी असार २० गते बलात्कार गरेको आरोपमा आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको पीडित बालिकाका ३४ वर्षीय काकाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी नरेन्द्रकुमार कार्कीले पुष्टि गर्नु भएको छ ।

पीडित पक्षको उजुरीलगत्तै आरोपित फरार भएको र खोजी भइरहेको डिएसपी कार्कीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २१ गते गरिएको छ ।

अन्य

भिडियो