INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा  पीडित पक्षले बारा जिल्ला हेटौडा उपमनपा–१ का ३७ वर्षीय डा. भाष्कर शाह विरूद्ध असार २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले विवाह गर्ने प्रलोभन देखाएर जेठ २७ गतेदेखि बलात्कार गर्दे आएको  भन्दै पीडितले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका हीका डिएसपी नवरत्न पौडेलले बताउनु भयो ।

आफू नर्स भएको र विवाह गर्ने प्रलोभन देखाएर बलात्कार गरेको, विवाहको तयारीका लागि काठमाण्डौ बोलाएर विवाह गर्न नसक्ने भनेकोले आफू पीडित भएकोले न्यायका लागि प्रहरीमा उजरी दिएको पीडितले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।

पीडितको उजुरीका आधारमा कारबाही अगाडि बढाएको र आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको डिएसपी नवरत्न पौडेलले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २० गते भीम अस्पताल भैहरवामा गरिएको छ ।

अन्य

भिडियो