४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ५४ वर्षीय नातेदार विरूद्ध असार १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले असार १६ गते खेतमा काम गर्न गएको बेला बलात्कार प्रयास गरेको र आफू चिच्याएर छोरालाई बोलाए आरोपित भागेको पीडितले बताउनु भयो ।
उजुरीका आधारमा आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बीरेन्द्र थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार १७ गते पाल्पा अस्पतालमा गरिएको छ ।