INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह विरुद्ध सञ्जाल गठन, इन्सेक सदस्य

जिल्लामा बाल विवाह विरुद्धको साझा अभियान सञ्जाल गठन गरिएको छ । असार १५ गते दैलेखमा क्रियाशील नागरिक समाज संस्थाहरूको एक भेलाले सोसेक नेपालको संयोजकत्वमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) समेत संलग्न रहेको ११ सदस्यीय सञ्जाल गठन गरिएको हो ।

सञ्जालको सहसंयोजकमा सेतो गुराँस बाल विकास सेवा, सदस्यहरूमा इन्सेक एभरेष्ट क्लब, सेबक दैलेख, सीवीयो महासङ्घ, ठाटीकाँध कृषि तथा पशुपालन सहकारी संस्था, दैलेख युनेस्को केन्द्र, पञ्चकोशी ज्वाला युवा प्रतिष्ठान र महिला शसक्तिकरण मञ्च रहेका छन् ।

जिल्लामा बालविवाहको जोखिम अति नै रहेको कारण स्थानीय सरकारलाई जवाफदेही बनाउन बालविवाह अन्त्यका लागि आवश्यक क्रियाकलाप सञ्चालन गर्न र यसका लागि आवश्यक रणनीति तयार पार्न ध्यानाकर्षण पत्र बुझाउने सञ्जालको पहिलो बैठकले निर्णय गरेको छ ।

दैलेख जिल्लामा बाल विवाह अन्त्यका लागि जिल्लामा सक्रिय संघ संस्थाहरूले आआफ्नो कार्य क्षेत्रमा संस्थाद्धारा सञ्चालित परियोजना तथा कार्यक्रमका गतिविधिसँग समायोजन गरी बाल विवाह विरुद्धको विभिन्न अभियान, जनचेतना अभिबृद्धि तथा कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

Dailekhphoto20220701. Dailekhphoto20220701

अन्य

भिडियो