१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दीकोट गाउँपालिका–६ का ३१ वर्षीय भक्तबहादुर झेडीलाई असार १३ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असार ७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध असार १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडितलाई आरोपितले ललाई फकाई वाङसुरुङ सामुदायिक बनमा लगेर बलात्कार गरेको पीडित पक्षले इन्सेक प्रतिनिधिलाई बताए ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार १२ गते जिल्ला अस्पतालमा गरिएको छ ।