INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई प्रहरीले असार १४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई ललाई फकाई असार १३ गते राति सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा लगेर बलात्कार गरेको भन्दै असार १४ गते बिहनै पीडितले प्रहरीलाई मौखिक जानकारी गराए लगत्तै महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले खत्रीलाई रिसोर्टबाटै गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १४ गते भक्तपुर अस्पतालमा गरियो ।

अन्य

भिडियो