INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भक्तपुर जिल्ला भक्तपुर नगरपालिका स्थायी घरभई पाँचपोखरी थाम्पाल गाउँपालिका–४ स्थित श्री थाम्पाल भ्याली माविका शिक्षक ३० वर्षीय नबिन माकलाई ०७९ असार १२ गते थाम्पालकोटबाट प्रहरीले गिरफ्तार गरेको छ ।

पीडितलाई ०७८ माघ २ गते डेरामा डाकेर बलात्कार गरेको भन्दै पीडितपक्षले ०७९ असार ७ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण ०७९ असार ७ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरियो  ।

अन्य

भिडियो