INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई  यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले के. आइ .सिंह गाउँपालिका काफली टोलका २४ वर्षीय शिद्ध कठायतलाई असार १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार १० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले असार १२ गते ईलाका प्रहरी कार्यालय, वायलमा उजुरी दिएको पीडितका बुवाले इन्सेक प्रतिनिधिसँगको फोनसम्पर्कमा बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई काफली गाउँबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी सारदाकुमार चौधरीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १२ गते जिल्ला अस्पताल, डोटीमा गरिएको छ ।

घटनाका अरोपित कठायत मष्टेश्वरी आधारभूत विद्यालयका शिक्षक समेत हुनु हुन्छ ।

अन्य

भिडियो