INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित

२२ वर्षीया पत्नीलाई बलात्कार गरेको आरोपमा प्रहरीले २६ वर्षीय पतिलाई असार १० गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले आरोपितविरूद्ध असार ९ गते जिल्ला प्रहरी कार्यालयमा वैवाहिक बलात्कार शीर्षकमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा गोरखा जिल्लाको पालुङटार नगरपालिका–७ स्थायी घर भइ सल्लेरीमा डेरा गरी बस्दै आएका आरोपितलाई सल्लेरीबाट अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिलजङ्ग शाहले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार १२ गते गरिएको छ ।

अन्य

भिडियो