INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–४ का ७६ वर्षीय वीर्खबहादुर पौडेललाई असार ९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी लक्ष्मीराज अधिकारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार ८ गते गरिएको छ ।

घटनाका आरोपित वृद्ध पञ्चायतकालमा तत्कालीन चानुवा गाउँ पञ्चायतका उपप्रधानपञ्च रहेको प्रहरीको भनाइ छ ।

घटनाबारे असार ६ गते मात्र बालिकाले अभिभावकलाई बताएपछि घटना बाहिरिएको एसपी अधिकारीको भनाइ छ ।

अन्य

भिडियो