INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहारको कसुरमा तीन महिना कैद जसायको फैसला

१४ वर्षीया बालिकालाई बाल यौन दुर्व्यवहार गरेको कसुरमा भरतपुर महानगरपालिका–११ का ३५ वर्षीय सरद श्रेष्ठलाई जिल्ला अदालत चितवनले तीन महिना कैद र ३० हजार क्षतीपूर्ती भराउने फैसला गरेको छ ।

जिल्ला अदालतका श्रेष्तेदार इश्वर आचार्यका अनुसार न्यायाधीश अवनी मैनाली भट्टराईको ०७९ असार ७ गतेको इजलासले  उक्त फैसला गरेको हो ।

पीडित बालिकालाई ०७८ पुस ३ गते यौन दुरुपयोग गरेको भन्दै पीडितका आफन्तले श्रेष्ठविरुद्ध पुस ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण पुस  ४ गते भरतपुर अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो