२४ वर्षीया महिलालाई बलात्कार गरेर फरार रहेका काभ्रेपलान्चोक जिल्ला तेमाल गाउँपालिका–९ घर भई बनेपामा डेरा गरी बस्ने ३० वर्षीय विश्व तामाङलाई प्रहरीले ०७९ असार ५ गते बनेपाबाट गिरफ्तार गरेको छ ।
विवाह गर्ने प्रलोभन देखाएर जेठ २९ गते काठमाडौँ महानगरपालिका–९ भोटेबहालस्थित एक गेस्ट हाउसमा लगेर बलात्कार गरेको र आफूसँग भएको दुई तोला सुन समेत लिएर फरार रहेको भन्दै पीडितले आरोपितविरुद्ध जेठ ३१ गते प्रहरी वृत्त कालिमाटीमा उजुरी दिएकी थिईन् ।
पीडितको उजुरीपछि अनुसन्धानमा खटिएको प्रहरी वृत्त कालिमाटीको टोलीले आरोपितलाई असार ५ गते राती गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
प्रहरीले जिल्ला अदालत काठमाडौँबाट असर ६ गते ७ दिनको म्याद थप गरेर आरोपितमाथि अनुसन्धान सुरु गरेको एसपी मैनालीले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण थापाथलीस्थित प्रसुति गृहमा जेठ ३१ गते गरिएको थियो ।