INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बरेङ गाउँपालिका–३ का २४ वर्षीय अनिल श्रीषलाई जेठ ३० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ३० गते जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिएको थियो ।

उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इन्द्रबहादुर रानाले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ३० गते धौलागिरी अस्पताल बागलुङमा गरिएको छ ।

अन्य

भिडियो