INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटना आरोपमा प्रधानाध्यापकसहित चार जना गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका–३ स्थित नारायणस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक ४० वर्षीय पूर्णप्रसाद फुयाँलसहित स्थानीय तीन जनालाई गिरफ्तार गरेको छ ।

नारायणस्थान माविमा कक्षा ८ मा अध्ययनरत बालिकालाई आरोपितहरूले पटकपटक बलात्कार गरेको र अन्तिम पटक ०७९ जेठ २० गते बलात्कार गरेको आरोपमा प्रअसहित सिद्धिचरण नगरपालिका–३ का ३२ वर्षीय डम्बर भुजेल, ३१ वर्षीय केवल भुजेल र ७६ वर्षीय फडिन्द्रप्रसाद दाहाललाई जेठ ३० गते र प्रधानाध्यापक फुयाँललाई जेठ ३१ गते घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केशव अधिकारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

शिक्षकसहित अन्य तीन जनाले बालिकालाई धम्की र प्रलोभनमा पारी पटकपटक बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितहरूविरूद्ध जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको इन्स्पेक्टर अधिकारीले बताउनु भयो ।

पीडित बालिकको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ ३० गते गरिएको छ ।

अन्य

भिडियो