६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ११ वर्षीय दुई जना बालकलाई जेठ २९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई ११ वर्षीय तीन जना बालकले जेठ २५ गते विद्यालय जाने बेला यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ ३० गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा दुई जना बालकलाई गिरफ्तार गरिएको र एक जना फरार रहेकोले खोजी भइरहेको डिएसपी ठगबहादुर केसीले बताउनु भयो ।
विद्यालय जाने क्रममा बाटो आरोपितहरूले सम्वेदनशील अङ्गमा लाठी घोचेका कारण रक्तश्राव भएको पीडितकी आमाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण र उपचार जेठ २९ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।