INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेर फरार रहेको आरोपमा तीन जनालाई प्रहरीले ०७९ जेठ ३० गते काठमाडौँबाट गिरफ्तार गरेको छ ।

प्रहरीले काठमाडौँ महानगरपालिका–६ बौद्धका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्दै आएका, २२ वर्षीय रिञ्जेन शेर्पा, सर्लाही जिल्ला बागमती नगरपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्दै आएका ३४ वर्षीय उत्तम लामालाई गिरफ्तार गरेको हो ।

पीडित महिलालाई ०७९ जेठ २९ गते काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित लुङ्ता गेष्ट हाउसमा लगेर बलात्कार गरेको भन्दै आरोपितहरूविरुद्ध पीडितले जेठ ३० गते जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिएको एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

त्यस्तै प्रहरीले, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४, घर भई हाल काठमाडौँ महानगरपालिका–६ बौद्धमा लुङ्ता गेस्ट हाउसका सञ्चालन गर्दै आएका ३४ वर्षीय ढिल्ले शेर्पालाई मतियारको रूपमा गिरफ्तार गरेको छ ।

प्रहरीले जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरेर आरोपितहरूमाथि अनुसन्धान सुरु गरेको एसपी मैनालीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण थापाथलीस्थित प्रसुति गृहमा जेठ ३० गते गरिएको छ ।

अन्य

भिडियो