१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–७ का गङ्गा टोलका ३८ वर्षीय महेश मण्डललाई जेठ २९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ २७ गते ५ सय रुपियाँको प्रलोभनमा पारी यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जेठ २९ गते इलाका प्रहरी कार्यालय काड्डभिट्टामा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वसन्त पाठकले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा जेठ २९ गते गरिएको छ ।