२५ वर्षीया महिलालाई बलात्कार गरको आरोपमा विदुर नगरपालिका–११ का २९ वर्षीय सुककुमार तामाङलाई प्रहरीले ०७९ जेठ २६ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई ०७८ चैत १७ गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित पक्षले जेठ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २४ गते त्रिशूली अस्पतालमा गरिएको थियो ।