१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका–१२ का २६ वर्षीय राजु बिकलाई तानसेन चण्डीभञ्ज्याङबाट जेठ २६ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले जेठ २६ गते बिहान तानसेन चण्डीभञ्ज्याङको जंगलमा बलात्कार प्रयास गरेको भन्दै जेठ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बरिष्ठ सइ मोतिबहादुर खड्काले बताउनु भयो ।
आफू एक्लै हिडिरहेको बेलामा आरोपितले तानेर जङ्गलभित्र लगि बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको बरिष्ठ सइ खड्काले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २६ गते पाल्पा अस्पतालमा गरिएको छ ।