INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयासका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको भन्दै राजविराज नगरपालिका–११ का ३० वर्षीय सुनिल यादवलाई प्रहरीले गिरफ्तार गरी जेठ २२ गते उजुरी दर्ता गरेको छ ।

आरोपित र सोही ठाउँका २२ वर्षीय कृपानन्द यादवले डरत्रास देखाई सुनचाँदीको गरगहना लुटपाट गरी ०७९ जेठ १६ गते साँझ बलात्कार प्रयास गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा जेठ १८ गते उजुरी दिएकी थिइन् ।

आरोपितहरूले राजविराज नगरपालिका–१२ मा लुटपाट गरी बलात्कार प्रयास गरेपछि प्रतिकार गर्दा अन्य व्यक्तिहरूले थाहा पाएपछि आरोपितहरू फरार भएको पीडितले बताइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा जेठ १८ गते गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले बलात्कार प्रयास तथा डाँका मुद्दामा उजुरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको जनाएको छ । अर्का आरोपित कृपानन्द फरार रहेको प्रहरीले जनायो ।

अन्य

भिडियो