६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले २६ वर्षीय नातेदारलाई जेठ १५ गते बुटवलबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले जेठ १० गते बलात्कार गरेको भन्दै पीडितकी आमाले जेठ १५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भयो ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताउनु भयो ।
बालिकासँगै टेलिभिजन हेरी रहेका आफन्तले बलात्कार गरेको पीडितकी आमाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ११ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।