कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरमा वैशाख १२ गते दुई विद्यार्थी समूहबिच झडप हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।
अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुबिच छात्राबासको भोजनालयमा खाना खाने क्रममा झडप भएको थियो ।
झडपमा परेर अनेरास्ववियुका चिरञ्जीवी पन्त र सरोज शर्मा घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । केही दिन अगाडि कलेजमा लगाइने टिसर्टका विषयमा उनीहरूबीच विवाद भएको जिल्ला प्रहरी कार्यालयका एसपी दिपक थापाले बताए ।