INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्ष अघि १६ वर्षीया बालिकालाई यौन जन्य हिंसा गरेको आरोपमा काठमाडौंँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ महानगरपालिका–१० बस्ने ४५ वर्षीय मनोज पाण्डेलाई वैशाख ७ गते काठमाडौँ महानगरपालिका–१५ स्वयम्भुबाट गिरफ्तार गरेको छ ।

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी भएकी एक प्रतियोगीले पाण्डेले सक्सेस पार्टीको नाममा आफूलाई एक होटलमा बोलाई बलात्कार गरेको र पछि ६ महिनासम्म ब्ल्याकमेल गरेर यौनशोषण गरेको घटना सामाजिक सञ्जाल टिकटकबाट सार्वजनिक गरेपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको कालिमाटीस्थित प्रहरीको महिला बालबालिका तथा जेष्ठ नागरिक सेलकी प्रमुख इन्स्पेक्टर सपना खड्काले जानकारी दिनुभयो ।

घटनासार्वजनिक भएपछि एसएसपी वसन्त कुँवर सहितको टोली पीडित समक्ष पुगेपछि पीडित पक्षले आरोपितविरुद्ध काठमाडौँ प्रहरीको महिला बालबालिका तथा जेष्ठ नागरिक सेलमा वैशाख ६ गते उजुरी दिएको थियो ।

सोही विषयमा जेठ ६ गते सदनमा समेत कुरा उठेपछि समामुख अग्निप्रसाद सापकोटाले महिला हिंसा जस्तो जघन्य अपराधमा घटनाको अनुसन्धान गर्न सरकारलाई रुलिङ गर्नुभएको ।

सभामुखको उक्त निर्देशनपछि मन्त्रालयले अपराध महाशाखाका एसएसपी बसन्त कुँवरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएर अनुसन्धान थालेको थियो ।

त्यस्तै प्रहरी कार्यालयले समेत उक्त घटनामा अनुसन्धान गर्नका निम्ति एसपी कृष्ण कोइरालाको नेतृत्वमा डिएसपीद्वय कोपिला चुडाल र हरि बस्नेत तथा इन्स्पेक्टर सपना खड्का रहेको चार सदस्य छानबिन समिति गठन गरेको छ ।

समितिले जेठ ६ गतेबाट घटनाबारे अनुसन्धान सुरु गरेको इन्स्पेक्टर खड्काले बताउनुभयो ।

अन्य

भिडियो