मनहरी गाउँपालिकामा जारी मतगणना कार्य अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।
गाउँपालिकाको वडा नम्बर ९ को मतपेटीकालाई कपडाले नबेरेको विषयलाई लिएर ०७९ जेठ ४ गते बिहान ७ बजे विवद भएपछि निर्वाचित अधिकृतको कार्यालय मनहरीले अर्को सूचना जारी नभएसम्मको लागि गणना कार्य स्थगित गरेको हो ।
मतपेटीका कपडाले नछोपिएको अवस्थमा भेटिएपछि राजनितिक दलका प्रतिनिधिले छोपिएको अवस्थमा हुनु पर्ने भनि विवाद निकालेपछि मतगणना कार्यलाई रोकिएको मनहरी गाउँपालिका निर्वाचन अधिकृत पूर्णबहादुर दर्जीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
मनहरीमा १ देखि ८ नम्बर वडाको मतगणना सम्पन्न भइसकेको र वडा नम्बर ९ को मात्रै मतगणना बाँकी रहेको छ ।

