खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलमा वैशाख ३१ गते झडप हुदाँ तीन जना घाइते भएका छन् । झडपमा खार्पुनाथ गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाही, सोही ठाउँका ३५ वर्षीय मन्दिरसिंह एडी र १८ वर्षीय नविन ऐडी घाइते भएका हुन ।
घाइते तीनैजनालाई जिल्ला अस्पताल हुम्लामा उपचारका लागि ल्याइएको आफन्त सागर शाहीले जानकारी दिनु भएको छ ।
मतगणना स्थलबाहिर बसिरहेको बेला एक्कासि गठबन्धन पक्षबाट ढुङ्गा प्रहार भएपछि बुबा घाइते हुनु भएको सागरले बताउनु भयो । टाउकोमा गम्भीर चोट लागेपछि जिल्ला भन्दा बाहिर रेफर गुर्नपर्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएको उहाँको भनाई छ ।
