INSEC Online

📅 २०८३ जेष्ठ २१

बहुविवाह गरेको कसुरमा एक वर्षकैदको फैसला

बहुविवाह गरेको कसुरमा डागिहाट-५ का २७ वर्षीय भिमबहादुर बस्नेत र १८ वर्षीया पुजा थापा बस्नेतलाई जिल्ला अदालत मोरङले वैशाख ७ गते जनही एक वर्षको कैद फैसला सुनाएको छ ।

न्यायाधीश पुष्पराज थपलियाको इजलासले कैदसँगै जनही पाँच/पाच हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत मोरङका श्रेष्तेदार नवराज दुलालले बताए ।

भिमबहादुर र पुजाबिच गत पुस १७ गते विवाह गरेको भन्दै २८ वर्षीया हिमा भुजेलले प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले पुस २३ गते उनीहरू दुवैलाई गिरफ्तार गरी अनुसन्धान पश्चात माघ ६ गते जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको थियो ।

अन्य

भिडियो