INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा आचारसंहिता उल्लङ्घन बढ्दो क्रममा

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलहरुले दिनप्रतिदिन आचारसंहिता विपरीतका गतिविधिहरुमा बढवा दिइएको पाइएको छ । इन्सेकले गर्दै आएको अनुगनमका क्रममा राजनीतिक दलहरुको प्रचारप्रसारका क्रममा बालबलिकाहरुलाई सहभागि गराउने, शक्ति प्रर्दशनका नाममा मोटरसाइकिल र्यालीहरुको आयोजना गर्ने, आभसभाहरु गर्ने, आचारसंहिता विपरीत भारतीय नम्बर प्लेटका गाडीहरु प्रयोग गर्ने लगायतका गतिविधिहरु गर्दै आएको पाइएको छ ।

इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा राजनितिक दलहरुद्वारा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढादै गएको पाइएको छ ।निर्वाचनका क्रममा ठूला राजनीतिक दलहरूले आचारसंहितालाई बेवास्ता गर्दै निर्वाचन लक्षित आचारसंहिता विपरीतका विभिन्न गतिविधि बढाउँदै लगिरहेको अनुगमनका क्रममा पाइएको छ ।

photo20220509kailali (2)1

कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, लम्की चुहा नगरपालिका, टिकापुर नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिकामा निर्वाचनको प्रचार प्रसारका क्रममा सार्वजनिक सवारी साधानको रुपमा प्रयोग हुने अटो रिक्सामा उम्मेदवारको पोष्टर सहितको ठुला व्यानर, निर्वाचन चिन्ह अंकीत झण्डा, बाजागाजा सहित ¥याली, बालबालिकाको प्रयोग, गाडीमा तोकिए भन्दा ठूला साइजका झण्डा, उम्मेदवारको पोष्टर सहितको ठूला व्यानर टाङ्ने र स्पिकरको प्रयोग चुनावी आमसभामा गरिरहेका छन् ।्

निर्वाचन आचारसंहिता २०७८ को परिच्छेद ४ को दफा १२ को उपदफा (थ) मा कुनै पनि किसिमको भित्तेलेखन, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायतका सबै प्रकारको सवारी साधान प्रयोग गरी र्‍याली आयोजन गर्न नहुने उल्लेख गरिएको छ ।

photo20220509kailali (4)

आचारसंहिताको परिच्छेद ४ को दफा १२ को उपदफा (ट) मा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर नपुगेका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने उल्लेख गरिएको छ ।

ठुला राजनीतिक दलहरुले निर्वाचन आचारसंहिताको ठाडो उल्लङ्घन गरिएको भएपनि कार्यान्वयन गर्ने निकाय उदासिन देखिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा हालसम्म लिखित रुपमा कुनै उजुरी नआएपनि मौखिक रुपमा दुई ओटा उजुरी परेको बताउनु भयो ।

उहाँले उम्मेदवार मनोनयन दर्ताको दिनदेखि हालसम्म दुई अटो रिक्सामा उम्मेदवारको पोष्टर सहितको ठुलो व्यानर र झण्डा टाँगेको र र्‍यालीमा बालबालिकाको प्रयोग गरेको मौखिक उजुरी आएकाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत सम्बन्धीत राजनीतिक दललाई सचेत गराई प्रयोग भएका समाग्री हटाउन लगएको बताउनु भयो ।

photo20220509kailali (5)

इन्सेक कञ्चनपुर प्रतिनिधि लिली कुँवरका अनुसार भिमदत्त नगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार कोमल सिंह र बेलौरी नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार हरेन्द्र विष्टले आचांरसंहिता विपरीत भारतीय नम्बर प्लेटका गाडीहरु चुनावी प्रचारप्रसारमा प्रयोग गरेको पाइएको छ ।

निर्वाचन आचारसंहिता २०७८ को दफा १३ मा सवारी साधन प्रयोग गर्दा पालना गनु पर्ने आचरणमा विदेशी नम्बर प्लेटका सवारी साधन प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ ।

आचारसंहिताको दफा १३ को (ज) मा सवारी साधन प्रयोग गर्न अनुमति पत्र दिदा विदेशी नम्बर प्लेटको सवारी साधनलाई अनुमति नदिइने समेत उल्लेख छ ।

photo20220509kanchanpur

उम्मेदवारहरुले भारतीय नम्बर प्लेटको सवारी साधन प्रयोग गरेको विषयमा मौखिक उजुरी आएको र आफूहरुले सम्बन्धीत उम्मेदवारहरुलाई सचेत गराउँदै आइरहेको मुख्य निर्वाचन अधिकृत मदनसिंह धामीले बताउनु भयो ।

मयेर पदका स्वतन्त्र उम्मेदवार कोमल सिंहले भारतीय नम्बर प्लेटका गाडी प्रयोग गर्दा आचरसंहिता विपरीत हुने जानकारीका अभावमा अन्जानमा गल्ती भएको भएपनि आगामि दिनहरुको आचरसंहिताको पूर्ण पालन गर्ने बताउनु भयो ।

इन्सेक बझाङ प्रतिनिधि सत्यराज सिंहका अनुसार दुर्गाथली गाउँपालिकामा नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि प्रचारप्रसार गर्ने क्रममा निर्वाचन आचारसंहिता विपरीत बालबालिकाहरुको प्रयोग गरेको पाइएको छ ।

घरदैलो कार्यक्रममा प्रचारप्रसार गर्न निस्केका नेकपा एमालेकोतर्फबाट दुर्गाथली गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार दलबहादुर धामीलगायतका उम्मेदवारले बालबालिकाहरुलाई ¥यालीको अगाडी राखेर नारा जुलुस सहित झण्डा र टोपीहरु प्रयोग गरेको पाइएको हो ।

बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा २ मा कुनै पनि राजनीतिक दलहरूले राजनीतिक प्रयोजनका लागि बालबालिकालाई संगठित गर्ने वा हड्ताल, बन्द, चक्काजाम, धर्ना र जुलुस जस्ता कार्यमा प्रयोग गर्न नहुने भनी उल्लेख गरिएको छ ।

ऐनमा उल्लेख गरिए विपरीत कुनै पनि राजनीतिक दल, संगठन वा व्यक्तिले त्यस्ता कार्यमा बालबालिकाको प्रयोग गरे त्यसलाई कसुरको रूपमा मानी दफा ७२ मा ७५ हजार रुपियाँसम्म जरिवाना र तीन वर्षसम्म कैदको व्यवस्था समेत गरेको छ ।

विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा तथा कार्यान्वयन निर्देशिका २०६८मा पनि बालबालिकालाई राजनीतिक क्रियाकलापमा संलग्न गर्न नहुने भनी उल्लेख गरिएको छ ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०७८ को परिच्छेद २ अन्तर्गत दफा ४ को उपदफा ६ मा १८ वर्ष उमेर नपुगेका बालबालिकालाई दलका निर्वाचन गतिविधि, प्रचारप्रसार तथा निर्वाचनसँग सम्बन्धीत कुनै पनि गतिविधिमा प्रयोग गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ ।

यता राजननीतिक दलहरुले कानुनले बन्देज गरेको बालबालिका सम्बन्धी ऐनको उल्लङ्घन गर्दै निर्वाचनसँग सम्बन्धीत गतिविधिमा बालबालिकाको प्रयोगलाई निरन्तरता दिइरहेकै छन् ।

Exif_JPEG_420
Exif_JPEG_420

मानव अधिकार रक्षक संजाल, बझाङका संयोजक भिम रसाइलीले राजनीतिक दलहरुले विभिन्न समयमा बालबालिकाको प्रयोग नगर्ने सम्बन्धमा गरेका प्रतिवद्धताहरुको उल्लङ्घन गर्नु दुखद पक्ष भएकोले यस्ता कार्य नदोहो र्‍याउन सम्बद्ध दलहरुलाई आग्रह गर्दे यस्ता गम्भिर विषयमा निर्वाचन आयोगले ध्यान दिनु पर्ने बताउनु भयो ।

स्थानीय निर्वाचनको सुरक्षार्थ २ हजार बढी सुरक्षाकर्मी खटिने

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि जिल्ला २ हजार १ सय ५० सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

जिल्ला सुरक्षा समितिले जिल्लाका १२ ओटै स्थानीय तहमा रहेका निर्वाचन केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेर आवश्यक सुरक्षा प्रबन्ध मिलाएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनु भयो ।

उहाँले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनका लागि रणनीतिक सुरक्षा योजनासहित जिल्लाको निर्वाचन सुरक्षा मजबुद बनाउने तयारी गरिएको बताउनु भयो ।

स्थानीय तहको निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनका लागि जिल्लाभरी १ हजार १ सय १ जना म्यादी प्रहरी, ७ सय  जना नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा ३ सय ५० जना नेपाली सेना चुनावी सुरक्षाका लागि परिचालन गरिने प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनु भयो ।

मतदान स्थलमा भित्री घेरामा म्यादी र नेपाल प्रहरी खटिने छन् भने त्योभन्दा बाहिर घेरामा सशस्त्र प्रहरी र सबै भन्दा बाहिरी घेरामा नेपाली सेनाको सुरक्षा पहरा रहने प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ रहेको छ ।

स्थानीय तह निर्वाचनका लागि जिल्लामा १ सय ८३ मतदान केन्द्र कायम गरिएको छ । १ लाख २२ हजार १ सय ३७ जनाले स्थानीय तहको निर्वाचनमा भाग लिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाभरीका लागि १ लाख ३७ हजार मतपत्र आएको र मतपत्रहरू मिलाउने काम भइरहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अवस्थीले बताउनु भयो ।

अन्य

भिडियो