स्थानीय तह निर्वाचन ०७९ का लागि राष्ट्रिय निर्वाचन आयोगद्वारा जारी आचारसंहिता विपरित राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न रहेको आरोपमा उदयपुरगढी गाउँकार्यपालिकाको कार्यालयमा पाँचौ तहमा कार्यरत कर्मचारी खिलाराज कार्कीलाई जिल्ला आचारसंहिता अनुगमन समिति उदयपुरले वैशाख २६ गते चौविस घण्टे स्पष्टीकरण सोधेको छ ।
प्रचारमा संलग्न भएको भिडियो प्रमाणसहित कर्मचारीविरूद्ध उजुरी आएको भन्दै स्पष्टीकरण सोधेको जिल्ला आचारसंहिता अनुगमन समितिका सदस्य सचिव खेमराज कोइरालाले बताउनु भयो ।
निर्वाचन आचारसंहिता, २०७८ को दफा ६ (क) र ( ख) को विपरित रहेको हुँदा सो सो सम्बन्धमा राजनीतिक दलको सभामा भाग लिएको हो कि होइन ? पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको हो कि होइन ? भनि चौविस घण्टा भित्र स्पष्ट जबाफसहित स्पष्टीकरण पेश गर्न भनि अनुगमन समितिले स्पष्टीकरण सोधेको छ ।
अनुगमन समितिले स्पष्टीकरणको वोधार्थ निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुर र जिल्ला प्रशासन कार्यालय उदयपुरलाई दिएको छ ।
