निर्वाचन आचारसंहिता विपरित गण्डकी प्रदेशका मुख्यमन्त्री चुनावी सभामा सहभागी भएका छन् ।
पाँच दलीय गठबन्धनले वैशाख २५ गते पोखरा महानगरपालिका –१० अमरसिंह चौकमा आयोजना गरेको चुनावी सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहभागी हुनुभएको थियो ।
सरकारी सवारी सधानको प्रयोग गर्दै मुख्यमन्त्री पोखरेल कार्यक्रममा सहभागी बन्नुभएको थियो ।
कार्यक्रममा अतिथीको रुपमा मुख्यमन्त्रीलाई आसनग्रहण गराइको थियो ।
मुख्यमन्त्री पोखरेल ग १ झ ४४४ सरकारी गाडीमा प्रयोग गर्दै कार्यक्रममा सहभागी हुनुभएको थियो ।
यही वैशाख ३० गते हुने निर्वाचनको लागि निर्वाचन आयोगले चैत २५ गतेदेखि आचारसंहिता लागु गरेको छ । आचारसंहिता अनुसार बहालवाला मन्त्रीहरू मन्त्रीको हैसियतमा सरकारी सुविधा प्रयोग गरी पार्टीको कुनै पनि सभा समारोहमा सहभागी हुन निषेध गरेको छ ।
सभाअघि पोखराका विभिन्न स्थानबाट निकालिएको र्यालीमा आचारसंहिता उल्लंघन गर्दै चर्को आवाजमा गीतहरु, मापदण्ड विपरितका झण्डा प्रयोग गरिएको थियो ।

