INSEC Online

📅 २०८३ जेष्ठ २१

कांग्रेस कार्यकर्ताद्वारा एमाले कार्यकर्ताको घर तोडफोड गरेको आरोप

ज्वालामूखी गाउँपालिका–५ को धुसेनीमा वैशाख २५ गते बिहान नेकपा एमालेका कार्यकर्ताको घरमा कांग्रेसका कार्यकर्ताले तोडफोड गरेको आरोप एमालेको ज्वालामुखी गाउँपालीका अध्यक्ष राजेश अधिकारीले लगाउनु भएको छ ।

नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार टंक दुवाडी, नेपाली कांग्रेस कार्याकर्ता शिवराम भण्डारी समेतको अगुवाइमा दुई ओटा घरमा तोडफोड भएको स्थानीय हरि थापाले बताउनु भयो ।

एमाले कार्यकर्ता धनबहादुर लम्साल र नानीराम आचार्यको घरमा तोडफोड भएको थापाले टेलिफोन गरेर इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभएको हो ।

तोडफोडबाट घरकोम ढोका फुटेको छ भने शौचालया समेत क्षति पुगेको छ । तोडफोडका कारण अन्य भौतिक सामाग्री नष्ट भएको र कुखुरा समेत मरेको नेकपा एमाले ज्वालामूखीका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

घटनापछि नेपाल प्रहरीको एक टोली गाउँ पुगेर तोडफोडमा सम्लग्नहरूलाई खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको चुनावको प्रचार प्रसारको क्रममा तल्लो गाउँमा सामान्य विवाद भएको अवस्थामा एमाले कार्यकर्ताको घरमा तोडफोड भएको हो ।

एमाले कार्यकर्तामाथि आग्रमण भएको घटनाको विरोधमा धुसेनीमा नेकपा एमालेले आयोजना गरेको विरोध सभामा नेकपा एमाले गाउँपालिका अध्यक्ष उम्मेदवार हरिराम लोहनी, नेकपा एमाले ज्वालामूखीमा अध्यक्ष राजेश अधिकारी लगायतका नेताहरूले सम्बोधन गर्दै कार्यकर्ताहरूलाई सम्यमता अपनाउन र आफूले आक्रमण नगर्न निर्देशन दिएका थिए ।

Dhuseni UML house todfod (1)

अन्य

भिडियो