१२ वर्षीया बालिकालाई वैशाख २३ गते बलात्कार गरेको आरोपमा प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका–१ पथलैया दशधुरे टोल कमिटीका अध्यक्ष तथा दक्षिणकाली मन्दिरका पुजारी ५० वर्षीय मानबहादुर लामा, बालिकाको ५० वर्षीय नातेदार र १६ वर्षीय दुई जना बालकलाई घटना स्थलबाट सोही दिन गिरफ्तार गरेको छ ।
चार जनाले सामूहिक बलात्कार गर्दा बालिकाले गुहार मागेको एक बालकले सुनेपछि गाउँमा जानकारी गराएका थिए । बालकले जानकारी गराएपछि छिमेकीहरूले बालिकालाई बचाउने क्रममा आरोपितलाई कुटपिटसमेत गरेका थिए ।
छिमेकीले घटनाका विषयमा जानकारी गराएकाले इलाका प्रहरी कार्यालय, सिमराको प्रहरीले पीडित र आरोपितलाई अल्पाइन अस्पताल सिमरामा उपचार गराएको छ ।
पीडितको स्वास्थ्य परीक्षण कलैया अस्पतालमा सोही दिन गरिएको इलाका प्रहरी कार्यालय सिमराका इन्स्पेक्टर राजकिशोर साहले बताउनु भयो ।
सामूहिक बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालयमा वैशाख २५ गते उजुरी दिएको पीडित परिवारले जनाएको छ ।