INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तह निर्वाचन ०७९– प्रदेश १ मा ३४ जना दलित महिला सदस्यसँगै ४३ जना निर्विरोध

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन ०७९ मा प्रदेश १, मा ४३ जना निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश निर्वाचन आयोगका प्रदेशभरिमा एक जना वडाध्यक्ष, दुई जना खुल्ला सदस्य, ६ जना महिला सदस्य र ३४ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित हुनेहरूमा नेकपा एमालेका १५ जना, नेपाली कांग्रेसका १३ जना, नेकपा माओवादी केन्द्रका नौ जना, स्वतन्त्र उम्मेदवार पाँच जना र राष्ट्रिय जनमुक्ति पार्टीका एक जना छन् ।

आयोगका अनुसार सबैभन्दा धेरै ताप्लेजुङमा १० जना निर्विरोध निर्वाचित भएका छन् ।  पाँचथरमा पाँच जना, इलाममा पाँच, सङ्खुवासभामा तीन जना, तेहृथुममा तीन जना, धनकुटाामा तीन जना, भोजपुरमा तीन जना, झापामा दुई जना, सुनसरीमा दुई जना, उदयपुरमा दुई जना तथा मोरङ, खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गा एकएक जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ मा वडााध्यक्ष छतेन लामा शेर्पासहित सदस्यहरू फुपुलामु शेर्पा, विपना सम्बाहाम्फे, टासी शेर्पा र बाङ्ग्या शेर्पा निर्विरोध भएका छन् । उनीहरू सबै स्वतन्त्र उम्मेदवार हुन् ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ मा कांग्रेसबाट दलित महिला सदस्य मञ्जु कामी, मिक्वाखोला गाउँपालिका–३ मा दलित महिला सदस्य लक्षीमाया विश्वकर्मा, सिरिजङ्गा गाउँपालिका–८ मा दलित महिला सदस्य सीतादेवी सार्की निर्विरोध निर्वाचित हुनु भएको छ ।

मिक्वाखोला गाउँपालिका–५ मा माओवादी केन्द्रबाट दलित महिला सदस्यमा सरिता गहते र फुङ्लिङ नगरपालिका–५ मा एमालेबाट दलित महिला सदस्यमा गङ्गा दर्नाल निर्विरोध निर्वाचित हुनु भएको छ ।

माओवादी केन्द्रबाट पाँचथरको फालेलुङ गाउँपालिका–४ मा कविता विक, फालेलुङ गाउँपालिका–८ मा अमृता शङ्कर, फिदिम नगरपालिका–३ मा बुधमाया नेपाली, फिदिम नगरपालिका– १३ मा सीता गिरी वर्देवा दलित महिला सदस्यमै निर्विरोध निर्वाचित भएका हुनु भएको छ ।

इलामको देउमाइ नगरपालिका–१ मा एमालेका विष्णुमाया नेपाली, माङ्सेबुङ गाउँपालिका–६ मा धनकुमारी विश्वकर्मा, सन्दकपुर गाउँपालिका–१ मा दिलमाया कामिनी दलित महिला सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

रोङ गाउँपालिका–४ मा महिला सदस्यमा एमालेबाट मीनादेवी तामाङ निर्विरोध निर्वाचित हुनु भएको छ । दलित महिला सदस्यमा माइजोगमाई नगरपालिका–२ बाट कांग्रेसबाट रूपादेवी दियाली र माङसेबुङ गाउँपालिका–५ मा राष्ट्रिय जनमुक्ति पार्टीका तिलरूपा सबेहाङ निर्विरोध हुनु भएको छ ।

झापाको कचनकबल गाउँपालिका–४ मा कांग्रेसबाट दलित महिला सदस्यमा बिजली दास र मेचीनगर नगरपालिका–११ मा एमालेबाट मञ्जिता नेपाली निर्विरोध निर्वाचित हुनु भएको छ ।

मोरङको केराबारी गाउँपालिका–१ मा महिला सदस्यमा कांग्रेसकी कमला राई निर्विरोध निर्वाचित हुनु भएको छ । दलित महिला सदस्यमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ मा कांग्रेसकै बिमलादेखि मोची र हरिनगर गाउँपालिका–५ मा माओवादी केन्द्रकी सुखियादेवी पासवान निर्विरोध निर्वाचित हुनु भएको छ ।

धनकुटाको चौबिसे गाउँपालिका–८ मा माओवादीकी रत्नमाया परियार, पाख्रिबास नगरपालिका– ९ मा कांग्रेसकी डम्बरमाया दर्जी र सागुरीगढी गाउँपालिका–७ मा कांग्रेसकै कुमारी विश्वकर्मा निर्विरोध निर्वाचित हुनु भएको छ । उनीहरु सबै दलित महिला सदस्य पदमा निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले बताउनु भयो । आयोगले विजेता भएकाहरूको औपचारिक घोषणा वैशाख ३० गतेपछि गर्ने तयारी गरेको छ ।

तेहृथुमको आठराई गाउँपालिका–५ मा एमालेकी निर्मला धौलाकोटी, मेन्छयायेम गाउँपालिका–१ मा कांग्रेसकी प्रवृत्ति विक र लालीगुराँस नगरपालिका–७ मा कांग्रेसकै मनकुमारी कामी दलित महिला सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको छ ।

सङ्खुवासभाको भोटखोला गाउँपालिका–१ मा एमालेकी अम्बिका विश्वकर्मा दलित महिला सदस्यमा, भोटखोला गाउँपालिका–४ मा एमालेकी चिप्मा भोटे महिला सदस्यमा र मकालु गाउँपालिका–२ मा कांग्रेसकी सविना जैरू दलित महिला सदस्यमा निर्वाचित हुनु भएको छ ।

निर्वाचन आयोगका अनुसार भोजपुरको आमचोक गाउँपालिका–७ मा माओवादी केन्द्रकी रत्नमाया परियार, रामप्रसाद राई गाउँपालिका–८ मा एमालेकी तीर्थदेवी कामी र हतुवागढी गाउँपालिका–३ मा एमालेकी लक्ष्मी विश्वकर्मा दलित महिला सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको छ ।

सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकामा माओवादीकी सर्मिला मगर, खोटाङको खोटेहाङ गाउँपालिका–५ मा एमालेकी बच्चीमाया परियार, ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–५ मा एमालेकै डल्लीमाया विश्वकर्मा र उदयपुरको रौतामाई गाउँपालिका–१ मा एमालेकी फुलमाया विक निर्विरोध निर्वाचित हुनु भएको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ मा माओवादीकी देवकुमारी कामी निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश १ मा ६ ओटा स्थानीय तहमा दलित महिला सदस्यमा कसैको पनि उम्मेदवारी दर्ता नभएको निर्वाचन आयोगले जनाएको छ ।  निर्विरोध निर्वाचित भएकाहरूलाई निर्वाचन सम्पन्न भएर मतगणना सकिएपछि अन्य निर्वाचितसँगै प्रमाणपत्र वितरण गरिने आयोगले जनाएको छ ।

अन्य

भिडियो